एडीबीद्वारा जर्जियामा सिँचाइको आधुनिकीकरण गर्न ४८ मिलियन अमेरिकी डलर ऋण
मनिला । एसियाली विकास बैंक (एडीबी) ले जर्जियामा कृषि सिँचाइ प्रणालीको आधुनिकीकरण र संस्थागत सुधारका कार्यक्रमलाई सहयोग गर्न शुक्रबार ४८ मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ।
जलवायु मैत्री परिस्थिति निर्माण र उत्पादकता बढाउने उद्देश्यका साथ सो कार्यक्रम त्यहाँको कृषि क्षेत्रमा गरिएको बैङ्कको यस किसमको पहिलो संलग्नता हो । यस परियोजनाबाट त्यहाँ आधुनिक तरिकाले पाइपजडित सिँचाइ सञ्जाल निर्माण गर्नेछ ।
कार्यक्रमले जर्जियाको दिगो जलस्रोत व्यवस्थापन र सिँचाइ सेवा प्रवर्धनका लागि कुशल सरकारी स्वामित्वमा आधारित उद्यमको लागि नीति र संस्थागत सुधार गर्ने लक्ष्यलाई सहयोग गर्ने बैङ्कले जनाएको छ ।
"जर्जियासँग कृषि क्षेत्रको विकास गर्न र अर्थतन्त्रमा आफ्नो हिस्सा बढाउने अपार सम्भावना छ," मध्य र पश्चिम एशियाका लागि एडीबीका महानिर्देशक येभगेनी झुकोभले उल्लेख गरेका छन् ।
"यो नयाँ कार्यक्रमले जर्जियालाई कृषि प्रणालीको आधुनिकीकरण गर्न, खाद्य सुरक्षामा सुधार गर्न र स्थानीय जनताका लागि व्यापारका अवसरहरू खोल्न मद्दत गर्नेछ," झुकोभले भने ।-(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण