संघीय संसद् एकले अर्कालाई गाली गर्ने थलोमा परिणत भयो : सांसद भण्डारी
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले संघीय संसद् एकले अर्कोलाई गाली गर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् ।
शुक्रबारबाट रुपन्देहीमा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८० को उद्घाटन समारोहमा बोल्दै उनले संघीय संसद् गाली गर्ने ठाउँमा परिणत हुँदा ऐन, कानुनहरु बनाउने कामले पूर्णता पाउन नसकेको तर्क गरे ।
सांसद भण्डारीले मुलुकमा लुटतन्त्र र अराजकता बढ्दै गएको उल्लेख गर्दै यसलाई धेरै दिन रहन नदिने चेतावनी समेत दिए । वरिपरि जनतालाई गरिबी बनाएर, लिलामीमा राखेर बिचको ठूलो घर सुरक्षित हुनै नसक्ने उल्लेख गर्दै उनले विगतमा जे भएपनि अब अराजकता मुलुकमा धेरै दिन रहन नदिने बताए ।
सांसद भण्डारीले स्थानीय तह राम्रो भएपनि काम गर्नका लागि बजेटको अभाव रहेको पनि बताए ।
सांसद भण्डारीले व्यापारी, उद्योगपतिहरु र किसानहरु मुलुकमा सबैभन्दा बढी मारमा परेकाले उनीहरुलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण