रुपन्देहीको तिलोत्तमा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
बुटवल । रुपन्देही तिलोत्तमा शुक्रबारदेखि तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवं पर्यटन प्रवर्द्धन महोत्सव–२०८० सुरु भएको छ । रुपन्देही उद्योग वाणिज्य संघको आयोजनामा सो मेला सुरु भएको हो ।
सबल अर्थतन्त्रको आधार, कृषि, एवं पर्यटन, उद्योग र व्यापार झ भन्ने नाराका साथ मंसिर १२ गतेसम्म सञ्चालन हुने मेलाको उद्घाटन प्रतिनिधिसभा सदस्य डा। चन्द्र भण्डारीले गरेका हुन् ।
सो अवसरमा उनले संविधान कार्यान्वयनमा समस्या आइरहेको बताए । उनले राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउँदै उनले कर्मचारी, सुरक्षा निकाय र तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन सक्ने अवस्था नरहेको बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाकले आर्थिक क्षेत्रमामा देखिएको मन्दी हटाउनलाई मेला महोत्सवले सहयोग पुग्ने बताए । कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले मेला लगाउन स्थायी संरचना बनाउने प्रतिबद्धता व्यक्त गरे ।
मेलामा कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हान्टाभाइरसको प्रकोप समाप्त भएको घोषणा
-
चितवनमा दुई लाख बढी बाख्रालाई पीपीआर खोप
-
गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या
-
मधेस प्रदेशमा ९ वटा मन्त्रालय बनाउन सिफारिस
-
दुई सुरक्षा सङ्गठनका महानिरीक्षक आइतबार अमेरिका जाँदै
-
अवैध उत्खननमा संलग्न समूहबाट सरकारी कर्मचारीमाथि आक्रमण, भाग्दाभाग्दै समातिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण