सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जेनिन आक्रमणमा ५ जना प्यालेस्टिनी मारिए

शुक्रबार, ०१ मङ्सिर २०८०, २१ : ५३
शुक्रबार, ०१ मङ्सिर २०८०

तेल अविव । इजरायलको रक्षा बलले शुक्रबार बिहान जेनिनमा रातभर जारी आतङ्कवाद विरोधी आक्रमणमा पाँच प्यालेस्टिनी आतङ्ककारी मारिएको बताएको छ । 

सेनाका अनुसार आतङ्ककारीहरू भाग्दै स्थानीय अस्पताल पुगेका थिए र त्यहाँ लुक्न खोज्दा पक्राउ परेका थिए । छापा मार्ने क्रममा प्यालेस्टाइनीहरूले सेना माथि विस्फोटक पदार्थ प्रहार गरेका थिए भने, इजरायली सेनाले गोली प्रहार गरेको थियो ।

छापा मार्ने क्रममा जुडिया र सामरिया वरिपरि कुल २१ प्यालेस्टाइनी पक्राउ परेका थिए जसमध्ये छ जना हमाससँग सम्बन्धित थिए । गत अक्टोबर ७ देखि, एक हजार ७५० भन्दाबढी वान्टेड प्यालेस्टाइनीहरूलाई जुडिया र सामरिया क्षेत्रमा पक्राउ गरिएको छ जसमध्ये एक हजार ५० जना हमाससँग सम्बन्धित छन् । हमासले आक्रमणको जिम्मेवारी लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप