पत्रपत्रिका
प्राधिकरणको टिकटकलाई जवाफ : प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्नुहोस्
शनिबार, ०२ मङ्सिर २०८०, ०६ : ०७
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटकलाई पत्र लेख्दै नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले टिकटकका तर्फबाट आएको पत्रको जवाफमा यस्तो आग्रह गरिएको बताएका हुन् ।
उनका अनुसार टिकटकका तर्फबाट नेपाल दूरसञ्चार प्राधिकरणलाई नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय का सन्दर्भमा आएको जिज्ञासासहितको पत्रको जवाफ दिँदै निर्णय कार्यान्वयन गर्न सहयोग गरिदिन आग्रह गरिएको बताए। कात्तिक २७ गते मन्त्रीपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको हो । सरकारको निर्णय कार्यान्वयनमा आएपछि प्राधिकरणलाई पत्र लेख्दै टिकटकले आफ्नो प्ल्याटफर्ममाथि प्रतिबन्ध गरिएको विषयमा जिज्ञासा राखेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण