हैजा फैलिएपछि जिम्बाब्वेमा संकटकाल
शनिबार, ०२ मङ्सिर २०८०, ०६ : ५६
हरारे । हैजा फैलिएपछि जिम्बाब्वेको राजधानी हरारेमा संकटकाल घोषणा गरिएको छ । हैजाका कारण अहिलेसम्म दर्जनौँ मानिसको मृत्यु भइसकेको छ भने करिब ७ हजार शङ्कास्पद बिरामीहरू छन् ।
हरारेको प्रशासनले सहरभर हैजा तीव्र गतिमा फैलिरहेको बताएको छ। यसले सन् २००८ को हैजाका कारण हजारौँ मानिसको ज्यान गएको सम्झना ताजा गरेको छ । ‘हामीले हैजाका कारण आपतकालिन अवस्थाको घोषणा गरेका छौँ,’ स्थानीय मिडियाले मेयर आयन म्याकोनलाई उद्धृत गर्दै भनेको छ।
रेडक्रस अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) का अनुसार हैजाको प्रकोपपछि अस्पतालहरूमा बिरामीको बढ्दो सङ्ख्यालाई नियन्त्रण गर्न स्वास्थ्य अधिकारीहरू संघर्ष गरिरहेका छन्। आईएफआरसीले यति धेरै केस ह्यान्डल गर्न स्वास्थ्यकर्मीको अभाव रहेको पनि बताएको छ। जिम्बाब्वे हालका महिनाहरूमा सफा पानीको अभावका कारण घातक हैजासँग लडिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण