धनगढीमा भीषण आगलागी, अस्पतालसहित आधा दर्जनभन्दा बढी पसलमा क्षति
धनगढी । धनगढीमा भीषण लागालागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित आधा दर्जन पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको थियो। त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो ।
राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल सहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।

घटनामा मानवीय क्षति नभए पनि अन्य क्षतिको पूर्ण विवरण आइसकेको छैन ।
आगलागी भएको पसल
१, दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सु–सेन्टर (जुत्ता चप्पलको होलसेल गोदाम)
२, टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी सप (बेवी सपको गोदाम)
३, वासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस)
४, जगत् बहादुर बलायरले सञ्चालन गरेको सुभिक्षादेवी सपिङ्उ सेन्टर (कपडाको गोदाम)
५, शोदा साउदले सञ्चालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी (कपडा, जुत्ता, ब्यागको गोदाम)
६, गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु –सेन्टर (जुत्ता चप्पलको गोदाम)
७, सारथि अस्पताल कैलाली
८, जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्स (ब्याग हाउस)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण