च्याट जीपीटी निर्माता कम्पनीले प्रमुख अल्टम्यानलाई हटायो
न्युयोर्क । आर्टिफिसियल इन्टेलिजेन्स बट ‘च्याट जीपीटी’ बनाउने कम्पनी ओपन एआईको बोर्डले प्रमुख साम अल्टम्यानलाई हटाएको छ। बोर्डले अल्टम्यानको नेतृत्व क्षमतामा विश्वास नभएको बताउँदै यो कदम चालेको हो।
अल्टम्यानले अब कम्पनीलाई अगाडि बढाउन सक्नेछन् भन्ने नलागेको उनीहरूको भनाई छ । अल्टम्यान कम्पनीसँगको आफ्नो संवादमा पनि स्पष्ट नभएको बोर्डले बताएको छ। उनी आफ्नो जिम्मेवारी पूरा गर्नबाट पछि हटिरहेको बताइएको छ ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै अल्टम्यानको योगदानको लागि आभार व्यक्त गरेको छ। योसँगै सञ्चालक समितिका सदस्यहरूले कम्पनीलाई अब नयाँ नेतृत्वको आवश्यकता रहेको बताएका छन् ।
अर्कोतर्फ, ओल्टम्यानले सामाजिक सञ्जालमा लेख्दै कम्पनीमा बिताएका दिनहरूबाट आफू खुसी रहेको बताए छन्। उनले लेखेका छन्, ‘यसले मेरो व्यक्तित्व परिवर्तन गर्यो र आशा छ कि यसले संसारलाई पनि अलिकति परिवर्तन गर्यो। यहाँका प्रतिभाशाली व्यक्तिहरूसँग काम गर्न पाउँदा मलाई रमाइलो लाग्यो।’
अल्टम्यानको नेतृत्वमा च्याट जीपीटी एआई बोटको परिचयले विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सको बहसलाई तीव्र बनाएको छ। ओपन एआई सुरु गर्नमा अल्टम्यानले महत्त्वपूर्ण भूमिका खेलेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण