विषादीको विकल्प
राजाराम खेती गर्थे । खेतीपाती गर्दा उनी गोबर तथा प्राङ्गरिक मल प्रयोग गर्थे । ठिकै चलिरहेको थियो । खानाको शक्ति उच्च हुन्थ्यो । मिलावट थिएन । केही पढेका निस्के । रासायनिक मल प्रयोग गर्न लगाए । अलि बढी उत्पादन बढ्यो । जमिनको ऊर्जा सोसियो ।
जेटियोले धानमा कीरा लागेको देखेर भने, ‘राजारामजी विषादी प्रयोग गर्नुस् ।’
राजारामले प्रयोग गरे । दोस्रो वर्षदेखि विषादी बढाए । तेस्रो वर्षबाट ती विषादीले काम गरेन । उनले रासायनिक मल र विषादीको विकल्प खोजे । बीउबिजन त्यस्तै भयो । हरेक वर्ष नयाँ बीउ आउने । त्यही रोज्दा अर्काे वर्ष नलाग्ने । उनले यसमा गहिरो अध्ययन खोजेर उपाय निकाले ।
तिहारमा देउसी हेर्दै आगो ताप्दै थिए । चेलीबेटीले भने, ‘टिकटक बन्द भएछ । के हुने हो ?’
राजारामले हाँसेर एउटा शेर भने– ‘सबै क्षेत्रमा सदुपयोग तथा दुरुपयोग आउँछ ।’
भ्रष्टचारविरुद्ध बोल्न नपाइने संयोग आउँछ ।
‘राम्रो कि नराम्रो ?’
-हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण