विषादीको विकल्प

राजाराम खेती गर्थे । खेतीपाती गर्दा उनी गोबर तथा प्राङ्गरिक मल प्रयोग गर्थे । ठिकै चलिरहेको थियो । खानाको शक्ति उच्च हुन्थ्यो । मिलावट थिएन । केही पढेका निस्के । रासायनिक मल प्रयोग गर्न लगाए । अलि बढी उत्पादन बढ्यो । जमिनको ऊर्जा सोसियो ।
जेटियोले धानमा कीरा लागेको देखेर भने, ‘राजारामजी विषादी प्रयोग गर्नुस् ।’
राजारामले प्रयोग गरे । दोस्रो वर्षदेखि विषादी बढाए । तेस्रो वर्षबाट ती विषादीले काम गरेन । उनले रासायनिक मल र विषादीको विकल्प खोजे । बीउबिजन त्यस्तै भयो । हरेक वर्ष नयाँ बीउ आउने । त्यही रोज्दा अर्काे वर्ष नलाग्ने । उनले यसमा गहिरो अध्ययन खोजेर उपाय निकाले ।
तिहारमा देउसी हेर्दै आगो ताप्दै थिए । चेलीबेटीले भने, ‘टिकटक बन्द भएछ । के हुने हो ?’
राजारामले हाँसेर एउटा शेर भने– ‘सबै क्षेत्रमा सदुपयोग तथा दुरुपयोग आउँछ ।’
भ्रष्टचारविरुद्ध बोल्न नपाइने संयोग आउँछ ।
‘राम्रो कि नराम्रो ?’
-हेलम्बु–६, सिन्धुपाल्चोक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण