तिम्रा लागि यो संसार
तिमी मेरो माया, नदी जस्तै बग्छौ
मेरो हृदय फुल्छ रातो गुलाफ जस्तै
जब तिमी मेरा लागि खुला बनेर आकासमा नीलो रङ पोत्छौ
तिम्रो सुन्दरतामा सुकुमार बनेको यो संसार
तारा जस्तै चमक चमक चम्केर आकास गङ्गाको बाटो
तिमी धर्तीमा उपस्थित हुन्छौ र बजाउँछौ प्रेमको धुन ।
तिम्रा शब्दहरूमा तिम्रो ताल हेर्छु ताण्डव नृत्यमा जस्तै
हेर्छु म तिम्रो मीठो मह जस्तै रसिलो शरीर
मेरा शरीरले छुन्छ तिम्रो माया र सान्त्वना दिन्छ समयको
तिम्रो हाँसो तिहारको चकमन्न उज्यालो र चराको सङ्गीत जस्तै लाग्छ
मेरो शरीरले हलचल गर्छ र मेरो हृदयले सुनिरहन्छ ।
तिम्रो सुन्दरता सूर्यको सात रङ र इन्द्रेणीको आकार जस्तै
तिम्रा नयनहरू अचम्मित छन्
मेरो हृदयमा घुस्न तिनीहरू समाहित भइसके
तिम्रो समयको यौवन बोध ज्वाला बनेर
जल्छ हिमालको काखमा
मेरो लागि प्रेमिल बनेर पोखिन्छ तिलिचो ताल झैँ
तिम्रा लागि मेरो संसार, सधैँ साँचो
मेरो मन, सधैँभरि, तिम्रै हिँड्ने बाटो जस्तै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण