शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

जनतालाई राहत र उद्धारको आवश्यकता पर्दा सरकार मैदानबाट भाग्यो : शंकर पोखरेल

शनिबार, ०२ मङ्सिर २०८०, १४ : ५०
शनिबार, ०२ मङ्सिर २०८०

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भूकम्प पीडित जनतालाई राहत र उद्धार गर्ने बेलामा सरकार मैदानबाट भागेको आरोप लगाएका छन् । एमाले जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको विशेष भेलालाई शनिवार सम्बोधन गर्दै महासचिव पोखरेलले सरकार मैदानबाट भागेपछि नेकपा एमालेले भूकम्प प्रभावित जनताको सेवाका लागि एक हजार स्वयंसेवक खटाएर सहयोग गरिरहेको बताए । 

‘पश्चिम रुकुम र जाजरकोटमा गएको भूकम्पका कारण जनता चिसोले कठ्याङ्ग्रिएर मरिरहेका छन्’ उनले भने, ‘सरकार सुरुका दिनमा हेलिकोप्टरमा सवार त देखियो । जतिबेला जनतालाई राहत र उद्धारको आवश्यकता छ त्यतिबेला सरकार मैदानबाट भागेको अवस्था छ ।’

महासचिव पोखरेलले नेकपा एमालेसँग जनताको स्वयंसेवामा प्रतिस्पर्धा गर्न चुनौती दिँदै उनले जनताको हरेक समस्याको समाधानमा एमाले रहने भन्दै पछिल्लो समय जनतामा फैलिएको निराशा चिन्ताको विषय भएको बताए । उनले केही दिनअघि प्रधानमन्त्रीले राखेको बैठकमा जनतामा बढेको निराशाको कारण सरकार आफैले खोज्नुपर्ने अध्यक्ष ओलीले धारणा राखेको भन्दै सत्ता तर पनि जिम्मेवार बन्न नसकेको बताए । उनले अतिवादमार्फत नेपाली समाजलाई कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए । 

महासचिव पोखरेलले नयाँ र पुरा दलहरूको निशानामा एमालेलाई पारिएको भन्दै प्रतिपक्षमा रहेको एमालेमाथिको प्रहार किन भनेर प्रश्न गर्दै देशभक्त शक्तिमाथिको प्रहारका रूपमा बुझ्न जरुरी रहेको बताए । उनले राष्ट्रनिर्माणको अभियानका लागि मङ्सिर ७ वार्मपमात्रै भएको र त्यसपछि पनि बेथिति, कुशासन र सत्ताका गलत नीति र प्रतिगामी कदमहरु विरुद्ध निरन्तर जारी रहने बताए । यसअघि एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालले मङ्सिर ७ मा प्रदर्शन गर्ने भनिए पनि अब यो कार्यक्रमको स्वामित्व एमालेले नै लिएको पुष्टि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप