चार महिनामा उठ्यो १ खर्ब ३६ अर्ब भन्सार राजश्व
आइतबार, ०३ मङ्सिर २०८०, १० : ५७
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा १ खर्ब ३६ अर्ब रुपैयाँ भन्सार राजश्व संकलन भएको छ । विभागका अनुसार साउनदेखि कात्तिकसम्मको भन्सारमार्फत उक्त रकम राजश्व संकलन भएको हो ।
चार महिनाका लागि सरकारले १ खर्ब ९७ अर्ब रुपैयाँ भन्सार राजश्व संकलनको लक्ष्य लिएको थियो । तर, लक्ष्यको ६९.०३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ ।
असोज महिनाको अन्तिमसम्ममा १ खर्ब ४५ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य तय भएको थियो । तर, १ खर्ब ८ अर्ब रुपैयाँमात्रै राजश्व संकलन भएको थियो । जुन, लक्ष्यको ७४ प्रतिशत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण