सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
छठ

तस्बिरमा हेर्नुहोस् जनकपुरधाममा छठको रौनक

आइतबार, ०३ मङ्सिर २०८०, १४ : १४
आइतबार, ०३ मङ्सिर २०८०

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा छठको रौनक छाएको छ । यहाँका छठ घाटहरू गङ्गा सागर, धनुषा सागर, अङ्गराजसर, दशरथ तलाउ, अग्नि कुण्डसहितका पोखरीहरू सिँगारिएर चिटिक्क बनाइएका छन् ।  

छठ पूजाको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा ब्रतालुहरु पुगेका छन् । व्रतालुले आज अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारहरूको अर्घ अर्पण गर्ने प्रचलन छ ।  

स्थानीय युवा क्लब र संघसंस्थाहरुको सक्रियतामा पछिल्लो एक सातादेखिको तयारीपछि घाटहरू सुन्दर एवं आकर्षक बनाइएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने विश्वास छ ।  परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।

IMG_20231119_123941IMG_20231119_124055IMG_20231119_124124IMG_20231119_124156IMG_20231119_124210IMG_20231119_125224IMG_20231119_131103

IMG_20231119_122310IMG_20231119_122349IMG_20231119_122450IMG_20231119_122711IMG_20231119_122724IMG_20231119_122841IMG_20231119_122849IMG_20231119_123106IMG_20231119_123117IMG_20231119_123423IMG_20231119_123840IMG_20231119_123923IMG_20231119_122214IMG_20231119_122240IMG_20231119_122300

IMG_20231119_101054IMG_20231119_101133IMG_20231119_101518IMG_20231119_120458IMG_20231119_120531IMG_20231119_120646IMG_20231119_120750IMG_20231119_120810IMG_20231119_120847IMG_20231119_120928IMG_20231119_122128IMG_20231119_122202

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप