छठ
तस्बिरमा हेर्नुहोस् जनकपुरधाममा छठको रौनक
आइतबार, ०३ मङ्सिर २०८०, १४ : १४
जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाममा छठको रौनक छाएको छ । यहाँका छठ घाटहरू गङ्गा सागर, धनुषा सागर, अङ्गराजसर, दशरथ तलाउ, अग्नि कुण्डसहितका पोखरीहरू सिँगारिएर चिटिक्क बनाइएका छन् ।
छठ पूजाको तेस्रो दिन आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिन छठ घाटमा ब्रतालुहरु पुगेका छन् । व्रतालुले आज अस्ताउँदो सूर्यलाई ठेकुवा, भुसवा, नरिवल, केरा, अदुवा, फलफूलसहितका विभिन्न परिकारहरूको अर्घ अर्पण गर्ने प्रचलन छ ।
स्थानीय युवा क्लब र संघसंस्थाहरुको सक्रियतामा पछिल्लो एक सातादेखिको तयारीपछि घाटहरू सुन्दर एवं आकर्षक बनाइएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने विश्वास छ । परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।


































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण