सोमवारदेखि सूर्य नेपाल गल्फ टुर
काठमाडौँ । सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमवारदेखि गोकर्ण गल्फ कोर्समा सुरु हुने भएको छ ।
सूर्य नेपाल गल्फ टुर २०२३/०२४ को पहिलो प्रतियोगिताको रूपमा रहेको सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि सुरु हुन लागेको हो । आयोजक नेपाल प्रोफेसनल गल्फर्स एशोसिएशनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै यस सिजनको सूर्य नेपाल गल्फ टुरको शुरुवातबारे जानकारी दिएको हो । सूर्य नेपाल गल्फ टुर २०२३÷०२४ अन्तर्गत कुल आठ वटा प्रतियोगिता छन् । आगामी नोभेम्बर पहिलो प्रतियोगिता सुरु हुनेछ भने सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपबाट यस सिजनको टुर सम्पन्न हुनेछ ।
सिजनको पहिलो प्रतियोगिता सेन्ट्रल ओपन चार दिनसम्म सञ्चालन हुनेछ । कुल ७२ होलमा प्रतिस्पर्धा हुनेछन् । दुई चरण (३६ होल) को खेलपछि कट नियम लागू हुनेछ । शीर्ष २१ प्रोफेसन र ६ एमेच्योर गल्फर फाइनल (३६ होल) का लागि छनोट हुनेछन् । शीर्ष २१ भित्र अंक बराबरी भएका गल्फरले पनि फाइनलको यात्रा तय गर्ने प्रावधान छ । सिजनको पहिलो प्रतियोगितामा भुवन नगरकोटी, नीरज तामाङ, धन थापा, सञ्जय लामा र रवि खड्कालाई उपाधि दाबेदारका रूपमा हेरिएको छ ।
एमेच्योरतर्फ सद्भाव आचार्य उपाधि दाबेदार हुन् । यो प्रतियोगिताको विजेताले एक लाख ४५ हजार र उपविजेता ९४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । तेस्रो हुनेले भने ७० हजार रुपैयाँ पाउनेछ । एमेच्योर गल्फरले भने प्रो. को उपाधि जितेमा पुरस्कार भने पाउने छैनन् । उनीहरूले ट्रफीमा नै चित्त बुझाउनु पर्नेछ । यद्यपि, शीर्ष २१ प्रो गल्फरले भने नगद पुरस्कार पाउनेछन् । यस प्रतियोगिताबाट खेलाडीहरूले कुल आठ लाख ४० हजार रुपैयाँ पुरस्कार रकम पाउनेछन् ।
सिजनको आठ प्रतियोगिताबाट भने प्रो.गल्फरले कुल ६४ लाख ३६ हजार एक सय ५० रुपैँया पुरस्कार पाउने आयोजकले जनाएको छ । नेपाल प्रोफेसन गल्फर एशोसिएशनका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले अहिले १७औँ संस्करण चलिरहेको र यो आयोजनाले नेपालमा एमेच्योर र प्रो. गल्फरले राम्रो प्रतियोगिताहरू पाइरहेको बताए । यस टुरबाट नयाँ युवा गल्फर पनि आइरहेको उनको विश्वास छ । टुरको दोस्रो प्रतियोगिता भने आगामी डिसेम्बर २४ देखि रोयल नेपाल गल्फ क्लबमा सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण