मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियम मूल्यमा भोलिदेखि हिमालयन रिइन्स्योरेन्सको आईपीओ खुल्दै

आइतबार, ०३ मङ्सिर २०८०, १७ : ३६
आइतबार, ०३ मङ्सिर २०८०

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भोलिदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण सेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले कुल चुक्ता पुँजी १० अर्बको ३० प्रतिशत अर्थात् ६ अर्ब १८ करोड रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । 

प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा प्रिमियम बापत थप १०६ रुपैयाँ गरी प्रति सेयर २०६ रुपैयाँमा सर्वसाधारणमा सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । सो मध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि, २ प्रतिशत अर्थात् ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरूका लागि छुट्याइने कम्पनीले जनाएको छ ।

यस्तै, ५ प्रतिशत अर्थात् १५ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । 

२०८० मंसिर ४ गते सोमबारदेखि बिक्री खुल्ला हुने कम्पनीको सेयर २०८० मंसिर १८ गतेसम्म जारी रहनेछ । इच्छुक लगानीकर्ताहरूले तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप