आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

स्पेनको जीतमा गाभी सख्त घाइते

सोमबार, ०४ मङ्सिर २०८०, ०६ : ५४
सोमबार, ०४ मङ्सिर २०८०

मड्रिड । युरो २०२४ को छनोट खेलमा जर्जियाविरुद्ध जीत हासिल गर्ने क्रममा स्पेनका मिडफिल्डर गाभीको घुँडामा गम्भीर चोट लागेको छ । 

१९ वर्षीय बार्सिलोनाका खेलाडीले बललाई नियन्त्रण लिने प्रयास गर्दा घाइते भएका थिए । उनी पीडामा रुँदै मैदान छाड्न बाध्य भए । गाभी टोलीका महत्त्वपूर्ण सदस्य हुन् । उनले हालसम्म स्पेनका लागि २७ खेल तथा बार्साका लागि १११ खेल खेलिसकेका छन् ।

प्रतियोगितामा यसअघि नै छनोट भएको स्पेनले आइतबार ३–१ को जीत हासिल गर्दै समूहको ए शीर्ष स्थानमा रहने पक्का गरेको छ । खेलको चौथो मिनेटमा नै डिफेन्डर रोबिन ले नोरमान्डले स्पेनलाई अग्रता दिलाएका थिए । 

तर लगत्तै नापोलीका विंगर ख्भीचा काभारात्सखेलियाले जर्जियाका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा फेरान टोरेसले एक गोल र लुका लोचोस्भिलीले आत्मघाती घोल गरेपछि स्पेन विजयी बन्यो ।

८ खेलबाट स्पेनको २१ अङ्क रहेको छ । जर्जिया ८ अङ्कसहित चौथो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप