स्पेनको जीतमा गाभी सख्त घाइते
मड्रिड । युरो २०२४ को छनोट खेलमा जर्जियाविरुद्ध जीत हासिल गर्ने क्रममा स्पेनका मिडफिल्डर गाभीको घुँडामा गम्भीर चोट लागेको छ ।
१९ वर्षीय बार्सिलोनाका खेलाडीले बललाई नियन्त्रण लिने प्रयास गर्दा घाइते भएका थिए । उनी पीडामा रुँदै मैदान छाड्न बाध्य भए । गाभी टोलीका महत्त्वपूर्ण सदस्य हुन् । उनले हालसम्म स्पेनका लागि २७ खेल तथा बार्साका लागि १११ खेल खेलिसकेका छन् ।
प्रतियोगितामा यसअघि नै छनोट भएको स्पेनले आइतबार ३–१ को जीत हासिल गर्दै समूहको ए शीर्ष स्थानमा रहने पक्का गरेको छ । खेलको चौथो मिनेटमा नै डिफेन्डर रोबिन ले नोरमान्डले स्पेनलाई अग्रता दिलाएका थिए ।
तर लगत्तै नापोलीका विंगर ख्भीचा काभारात्सखेलियाले जर्जियाका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा फेरान टोरेसले एक गोल र लुका लोचोस्भिलीले आत्मघाती घोल गरेपछि स्पेन विजयी बन्यो ।
८ खेलबाट स्पेनको २१ अङ्क रहेको छ । जर्जिया ८ अङ्कसहित चौथो स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण