सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
जनकपुरमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ, तस्बिरहरू
फोटोफिचर

जनकपुरमा उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ, तस्बिरहरू

सोमबार, ०४ मङ्सिर २०८०

जनकपुरधाम । निष्ठा र श्रद्धापूर्वक मनाइने महापर्व छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको छ । खोला, नदी, तालतलैया, पोखरीमा व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजाको समापन गरेका छन् ।

एकाबिहानै घरका कुनै एकजना सदस्यले घाटमा राखिएको पूजा सामग्रीहरूलाई दूधले चोख्याएपछि व्रतालुहरूले सो पूजा सामग्री दिनकर बाबा अर्थात् सूर्य भगवान्लाई अर्पण गरी छठ पर्व सम्पन्न भएको छ ।

व्रत बसेका व्रतालुहरूले अर्घ्य दिएर जलासयबाट घाटमा फर्केपछि घरपरिवारका सदस्यहरूले आफू भन्दा श्रेष्ठबाट घाटमै लिएका छन् भने घरका छोरी बुहारीहरूले आफूभन्दा ज्येष्ठलाई टिका लगाएर पनि आशीर्वाद थपेका छन् । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले निष्ठा श्रद्धापूर्वक छठ पर्व मनाइन्छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन शुक्रबार व्रतालुहरूले नहाय खाय अर्थात् नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रूपमा छठ पर्व समापन हुन्छ ।

तराई मधेस पहाड तथा भारतको बिहार राज्यमा भव्यताका साथ मनाइने यो पर्वमा व्रतालुहरू ३६ घण्टा लामो निराहार व्रत बस्छन् । यो पर्वलाई सबैभन्दा ठुलो र महत्त्वपूर्ण पर्वको रूपमा मानिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया