माल्दिभ्सबाट ७७ भारतीय सैनिकलाई फिर्ता पठाउने प्रयास सुरु
माले । माल्दिभ्सका एक वरिष्ठ अधिकारीले आइतबार माल्दिभ्समा ७७ भारतीय सैनिक रहेको र माल्दिभ्सको नयाँ सरकारले भारतसँग १०० भन्दा बढी सम्झौताको समीक्षा गरिरहेको बताएका छन् ।
यो बयान त्यसबेला आएको हो जब एक दिन अघि माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले भारतलाई आफ्नो सेना फिर्ता गर्न औपचारिक रुपमा आग्रह गरेका थिए । पत्रकार सम्मेलनमा मालदिभ्सको राष्ट्रपति कार्यालयका सार्वजनिक नीतिका उपसचिव मोहम्मद फिरोजुल अब्दुल खलिलले नयाँ सरकारले देशमा ७७ भारतीय सेना रहेको पत्ता लगाएको जानकारी दिए।
माल्दिभ्सका मिडियाले फिरोजुललाई उद्धृत गर्दै हेलिकप्टरको व्यवस्थापनमा २४ भारतीय सैनिक, डोर्नियर विमानको व्यवस्थापनमा २५ भारतीय सैनिक, दोस्रो हेलिकप्टरको मर्मतसम्भार र इन्जिनियरिङका लागि २६ भारतीय सैनिक रहेको र थप दुई जना भारतीय सैनिक माल्दिभ्समा रहेको उल्लेख गरेका छन् ।
सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावमा विजयी भएका राष्ट्रपति मुइज्जुले माल्दिभ्सबाट सबै ७७ भारतीय सैनिकलाई बाहिर निकाल्ने प्रयास सुरु गरेको उनले बताए । माल्दिभ्स हिन्द महासागर क्षेत्रमा भारतका लागि रणनीतिक रूपमा महत्त्वपूर्ण छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण