भूकम्प पीडितलाई सिप्रदीबाट ५५ लाखको राहत वितरण

काठमाडौँ । सिप्रदीद्वारा जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित परिवारहरूलाई आधारभूत आवश्यकताका सामाग्रीहरू राहतस्वरुप वितरण गरिएको छ । सिप्रदीयन सहायता संस्था, टाटा ट्रस्ट भारत र सिप्रदी ट्रेडिङ्ग प्रा.लि.को संयुक्त प्रयासमा यही कार्तिक २६ गतेका दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोट र जिल्ला प्रशासन कार्यालय पश्चिम रुकुम अन्तर्गत आठबिसकोट नगरपालिका १३ र १४ वडा कार्यालयलाई रु. ५५ लाख बराबरको राहत सामग्री प्रदान गरिएको छ ।
तिहारमा लक्ष्मी पूजाको दिन संस्थाको प्रतिनिधित्व गर्दै सिप्रदीका ७ जना कर्मचारीहरूले जाजरकोट र पश्चिम रुकुममा राहत सामग्रीहरू (त्रिपाल, म्याट्रेस, खाद्यान्न, साबुन र बढ्दै गरेको जाडोलाई मध्यनजर गर्दै न्यानो कपडा, सिरक, सिरानी र टोपी लगायतका अन्य सामाग्रीहरूको प्याकेज बनाएर सम्बन्धित कार्यालयहरूलाई हस्तान्तरण गरिएको थियो । संस्थाको अनुसार हस्तान्तरण गरेको सामाग्रीहरूबाट झन्डै १,२०० घर परिवारका ४,८०० जना भूकम्प पीडितहरू प्रत्यक्ष लाभान्वित बनेका छन् ।
सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले भने, ‘भूकम्पका कारण आफ्नो घर गुमाएका र बासको वैकल्पिक व्यवस्था नभएका पीडितहरूलाई सिप्रदीयन सहायता संस्था, टाटा ट्रस्ट भारत र सिप्रदी ट्रेडिङ्गको संयुक्त प्रयासमा स्थानीय प्रशासनसँग समन्वय गर्दै राहत वितरण गरेका छौँ । प्रशासनको अहिलेको प्रमुख आवश्यकतालाई मध्यनजर गर्दै त्रिपाल, खाद्यान्न र न्यानो कपडाहरू हस्तान्तरण गरेका छौँ र भविष्यमा पनि सिप्रदीयन सहायता संस्था सक्रिय रहेर निरन्तर रूपमा सहयोग पुराउने नै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको क्षेत्रपाटीमा चोरी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
-
सत्ता साझेदारबिच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव
-
४० वर्षकी तिलमाया कक्षा ८ मा भर्ना
-
मिडिया हाउसहरू सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुपर्नेमा जोड
-
विकास निर्माणका काममा भएको ढिलासुस्ती सरकारले तत्काल हटाउनुपर्छ : सांसद मिजार