रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते, ५ जना गम्भीर
सोमबार, ०४ मङ्सिर २०८०, १० : १३
सुर्खेत । सोमबार बिहान रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोईरीज्यूलामा भएको जीप दुर्घटनामा परी २२ जना घाइते भएका छन् ।
रुकुम पश्चिम प्रहरीका अनुसार अन्य व्यक्तिहरू पनि घाइते भएको हुनसक्ने र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । लु १ ज २२९७ नम्बरको जीप चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो ।
घाइतेहरू सबैलाई चौरजहारी अस्पतालमा उपचारको लागि लगिएको रुकुम प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको रुकुमका प्रहरी प्रमुख नमराज भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण