काठमाडौँबाट २४ जना जुवाडे पक्राउ

काठमाडौँ । काठमाडौँका विभिन्न स्थानबाट दुई दर्जन जुवाडे पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका-२६ पवित्रनगरस्थित प्रविन गेष्ट हाउसको २०१ नम्बर कोठामा जुवातास खेलिरहेको अवस्थामा पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४२ वर्षीय सुरेन्द्र जबेगु समेत ९ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ४ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको बताइएको छ ।
साथै सोही गेस्ट हाउसको पार्किङमा ओखर(जुवा) खेलिरहेको अवस्थामा पाँचथर फाल्गुनन्द गाउँपालिका-४ घर भएकी ४० वर्षीया एन्जिला लिम्बु समेत १० जनालाई नगद ४९ हजार ५ सय ५० रुपैयाँ र ८ गेडा ओखरसहित सोही प्रहरी टोलीले आइतबार साँझ पक्राउ गरेको छ ।
यता काठमाडौँ महानगरपालिका-१३ कालिमाटीस्थित तरकारी बजारको सडक पेटीमा जुवातास खेलिरहेको अवस्थामा गोर्खा घर भई हाल कालिमाटी डेरा गरी बस्ने ३५ वर्षीय आसमान परियार समेत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नौ स्थानीय तहले अझै बजेट पेस गरेनन्
-
अनेरास्ववियुले एनसेल कार्यालय अगाडि प्रदर्शन गर्ने
-
रुसद्वारा युक्रेनमा १८ ड्रोन तथा एक क्षेप्यास्त्र आक्रमण
-
कामपाले गर्यो तीन हजार बढी कुकुरको बन्ध्याकरण
-
जसपाको कोशी प्रदेश समितिले गर्यो जिम्मेवारी बाँडफाँट
-
रातोपाटी ब्रिफिङ : सरकार थोत्रो भइसकेको एमालेको जिकिर, प्रधानमन्त्रीले प्रस्ट्याए सरकारको धारणा