भूकम्प पीडितको जीवनरक्षा गर्न एमालेको माग
काठमाडौँ । नेकपा एमालेले भूकम्प प्रभावित जिल्ला जाजरकोटमा समयमा उपचार नपाएर १० जना भूकम्प पीडितहरुको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले बृद्ध, दीर्घरोगी, बालक, महिला, सुत्केरीहरुलाई समयमा आवास, उपचार उपलब्ध गराउन नसक्दा दुःखद् घटना भएको एमालेले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म चिसोका कारण मृत्यू हुनेहरुमा बारेकोट गाउँपालिका–१ रामीडाँडाका डुमे पुन, भेरी नगरपालिका– २ का ८८ वर्षीय धुलेश्वर कार्की, बारेकोट गाउँपालिका– ४ जिरीका नरेन्द्रबहादुर सिंह, नलगाड नगरपालिका– ४ का ८४ वर्षीय गोपालबहादुर रावल, नलगाड ४ कि ४८ वर्षीय पम्फा रावल, बारेकोट गाउँपालिका वडा नं बयालाका ६० वर्षीय कर्णवीर विक, बारेकोट ६ ताँसीका ५५ वर्षीय वीरकहादुर विक, जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी, भेरी नगरपालिका वडा नं ४ तल्याउनका केशव भडेल रहेको विज्ञप्तिमा उल्लेख छ।
‘हाम्रो पार्टी समयमा उपचार नपाएर मृत्यु हुने नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ र सरकारलाई अविलम्ब नागरिकहरुको जीवनरक्षाको लागि उचित प्रबन्ध गर्न जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण