१० दिनपछि खुलेको सेयर बजारमा झिनो अंकको वृद्धि

काठमाडौं । तिहार तथा छठपछि खुलेको सेयर बजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार खुलेको सेयर बजारमा नेप्से सूचक १.३९ अंकले बढ्दै १८ सय ५३.४८ अंकमा उक्लिएको हो ।
१० दिनपछि खुलेको बजारमा आज १ अर्ब ९ करोड ९३ लाख रुपैयाँ बराबरको ३३ लाख १९ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज होटल तथा पर्यटन समूहको उपसूचक, म्यानु एण्ड प्रो, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी ९ वटा उपसूचक धनात्मक भएका छन् ।
डेभलपमेन्ट बैंक समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक क्रमशः १.२६ प्रतिशत र १.४२ प्रतिशतले बढेका छन् भने बाँकी उपसूचक १ प्रतिशत कमले बढेका छन् ।
आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.९८ प्रतिशतले कमाएका छन् भने फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले १० प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले सरकार छोडेपछि देशमा अस्थिरता र अराजकता फैलियो : ओली
-
नेपाल युक्रेन व्यापार : आयात साढे ६ अर्बको, निर्यात शून्य
-
नयाँ पुस्ताले नेताहरूलाई गाली गरेर जिन्दगी बिताउने काम गर्नुहुन्न : भुसाल
-
धमाकेदार ओपनिङबिच एनिमलका निर्मातालाई ठुलो झट्का
-
काठमाडौँ महानगरपालिकाले बाँसुरी वादन प्रतियोगिता आयोजन गर्ने
-
औषधीय गुणले भरिपूर्ण अमला