दाङमा दाजुभाइ मृत फेला
सोमबार, ०४ मङ्सिर २०८०, २१ : ५३
दाङ । दाङमा एकै घरका दाजुभाइ मृत फेला परेका छन् । जिल्लाको तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भई तुलसीपुर उपमहानगरपालिका ६ मा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र ३० वर्षीय टेकबहादुर बस्नेत सोमबार मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरले बस्नेत दाजुभाइ मृत फेला परेको पुष्टि गरेको छ ।
प्रहरीका अनुसार उनीहरू बस्ने घरमा घरबेटी बस्दैनथे । पूर्ण परिवारका साइँला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए ।
मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ । मङ्गलवार मात्रै शव निकालेर पोस्टमार्टम गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायव उपरीक्षक पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाट्सएपको नयाँ सुविधामा भारतको आपत्ति
-
शिक्षक सरुवा मापदण्ड : तीन वर्ष पूरा भएको शिक्षक सरुवा अनिवार्य
-
आङ सान सुकीको अवस्था अज्ञात
-
न्युजिल्याण्ड पठाउने प्रलोभनमा ९ लाख ८० हजार ठगी गर्ने भारतीय नागरिक पक्राउ
-
फिफा विश्वकप २०२६ का १२ अद्वितीय प्रतिभा
-
कानून मिच्ने 'आरके म्यानपावर'माथि वैदेशिक रोजगार विभागको डण्डा, जरिवानासहित कडा कारबाही !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण