जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई मासिक २१ लाख छात्रवृत्ति
जापान । जापानमा अध्ययनरत ७० जना नेपाली विद्यार्थीहरुलाई गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद् जापानले मासिक २१ लाख येन बराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ।
एनआरएनए जापानको समन्वयमा इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क अर्गनाइजेसन फाउण्डेशनको सहकार्यमा जापानमा अध्यनरत नेपाली बिद्यार्थीहरुलाई मासिक प्रतिव्यक्ति ३० हजार जापानी येन प्राप्त गर्ने गरि आइतबार एक कार्यक्रमका बिच ७० जना विद्यार्थीहरुलाई छनोट गरिएको हो ।
छात्रवृत्तिमा छनौट हुने विद्यार्थीले आफू पढेको कलेज वा स्कूलबाट सोचुग्यो भएपछि स्वतः समाप्त हुनेगरि २ वर्षसम्म यो छात्रवृत्ति प्राप्त गर्ने छन् भने प्राप्त हुने रकम पार्टटाइम काम गरेको समय अनुसार घटबढ हुने सक्ने कार्यक्रममा जानकारी गराइएको थियो ।
विगतका वर्षदेखि प्रदान गरिदै आएको उक्त छात्रवृत्तिका लागि यस वर्ष माग भएको आवेदनमा २ सय ४३ जनाले गरेको आवेदनबाट गोलाप्रथाद्वारा ७० विद्यार्थीलाई छात्रवृत्तिका लागि छनोट गरिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरे जानकारी दिए ।
छात्रवृत्तिलाई जापानका विभिन्न क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुसम्म पहुँच पुर्याउनका लागि ए, बि, सी बल्कमा बाँडेर एनआरएनए जापानमा क्षेत्रीय समितिको संयोजनमा एक महिनाको अवधि राखेर आवेदन संकलन गरिएको एनआरएनए जापानका उपाध्यक्ष देवराज उप्रेतीले जानकारी दिए ।
छात्रवृत्ति प्रदानका लागि विद्यार्थी छनौट कार्यक्रमको औपचारिक सत्रको अध्यक्षता एनआरएनए जापानका अध्यक्ष नविन निउरे कार्यक्रम सञ्चालन महासचिव टिकाराम खरेल र स्वागत मन्तव्य उपाध्यक्ष सुवास लामिछानेले गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण