जिम्बाबेमा हैजाको प्रकोप बढ्यो, १२ जनाको मृत्यु
जिम्बाबे । जिम्बाबेको राजधानी हरारेमा हैजाको प्रकोप बढेको छ । हैजाको फैलावट रोक्नको लागि बढ्दो स्वच्छता अभ्यासहरूको लागि आह्वान गरिएको हो । शहरमा सफा पानीको अभावका कारण हैजा फैलिएको बताइएको छ ।
यस हप्ता धेरै व्यक्ति हैजाबाट संक्रमित भएको विज्ञहरुको भनाइ छ । सहजै रोकथाम गर्न सकिने रोग भएपनि सफा पानीको अभावका कारण हैजा फैलिएको स्थानीयहरुको भनाइ छ ।
प्रकोपको केन्द्रबिन्दु कुवाडजानाको उच्च–घनत्व उपनगर रहेको छ । सो स्थानबाट अस्पतालमा भर्ना भएका लगभग आधा मानिसहरु छन् । हरारे सिटी काउन्सिलका महामारी विज्ञान र रोग नियन्त्रण प्रमुख माइकलका अनुसार हरारे शहरले बढ्दो जनसंख्यालाई पर्याप्त धाराको पानी उपलब्ध गराउन सकेको छैन । जसले गर्दा बासिन्दाहरूले अशुद्ध पानीको सहारा लिइरहेका छन् ।
हरारेको मुख्य स्रोत लेक चिवेरोबाट शहरले प्राप्त गरिरहेको पानी धेरै दुषित रहेको बताइएको छ । उनले शहर वासीले पर्याप्त स्वच्छ पानी पाउन नसकेको र आवश्यक स्वच्छ पानी आपूर्ति गर्न असक्षम रहेको बताए । उनले आवश्यक पानी आपूर्तिको लगभग एक तिहाई मात्र स्वच्छ पानी पाउने गरेको बताए ।
जिम्बाब्वेका स्वास्थ्य र बाल हेरचाह मन्त्री डगलस मोम्बेशोराले अहिलेसम्म हैजाका कारण कम्तिमा १२ जनाको ज्यान गएको बताए । जसमा कुवाडजानाबाट सात जनाको मृत्यु भएको छ ।
हरारेबाट देशका सबै क्षेत्रहरूमा मानिसहरूको धेरै आवतजावत छ । हरारेमा भएका हैजाका बिरामीहरु घटाउने काममा लागिरहेको भएपनि सफल हुन नसकेको स्थानीयहरुको भनाइ छ । हैजाको प्रकोपलाई सम्बोधन गर्न सरकारले राष्ट्रिय हैजा प्रकोप प्रतिक्रियाको लागि १२ मिलियन अमेरिकी डलर बजेट स्वीकृत गरेको छ ।
त्यस्तै सरकारले हस्तक्षेप गरेर नागरिकलाई स्वच्छ पानी उपलब्ध गराउनुपर्ने नागरिकहरुको माग छ । आफू स्वच्छ पानी किनेर खान नसक्ने उनीहरुले बताए ।
त्यस्तै अर्का स्थानीयले कहिलेकाहीं दुई वा तीन हप्तासम्म पानी बिना बस्ने गरेको र सो अवस्थामा शौचालय फ्लस गर्न नसक्नाले पनि रोग निस्किएको बताए ।
अधिकारीहरूले सर्वसाधारणलाई अनाधिकृत बजार वा सार्वजनिक जमघटमा नजान सल्लाह दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण