मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

चलचित्र ‘कङ्गारु’ निर्माण गर्दै दीपक मनाङे, निर्देशकमा सम्राट

मङ्गलबार, ०५ मङ्सिर २०८०, १३ : २५
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । फिल्म ‘कङ्गारु’ निर्माण हुन भएको छ । सम्राट बस्नेतको निर्देशन रहने फिल्म प्रदेश सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ ले निर्माण गर्न लागेका हुन् । फिल्म सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण हुने निर्देशक बस्नेतले बताए ।

फूलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसको आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा र धन बहादुर गुरुङको लगानी रहनेछ । 

फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा रहनेछ । फिल्मको कलाकार छनौटको क्रममा छन् । फिल्मको कलाकार र प्राविधिक  पक्ष केही समयपछि सार्वजनिक गर्ने निर्देशक बस्नेतले बताए । फिल्मको छायाङ्कन फागुनदेखि सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप