नेप्से
सेयर बजारमा २३ अंकको गिरावट
मङ्गलबार, ०५ मङ्सिर २०८०, १५ : २२
काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २३.८२ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.२८ प्रतिशतको गिरावटसँगै १८२९ अंकमा आइपुगेको छ ।
परिसूचक निरन्तर घटेर बन्द हुँदा आज ३१ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । यस्तै २०१ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा आज ९५ करोड ४ लाख ७९ हजार रुपैयाँ बराबरको ३६लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ ।
सेयर बजार घटेपनि आज मेन्छियान हाइड्रोपावरको सेयर मूल्य भने ८.१३ प्रतिशतले बढेको छ । यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतले बढेको छ । परिसूचक घटेको दिन आज माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयर मूल्यमा भने ९.९४ प्रतिशतको गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण