शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
नेप्से

सेयर बजारमा २३ अंकको गिरावट

मङ्गलबार, ०५ मङ्सिर २०८०, १५ : २२
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा २३.८२ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेप्से परिसूचक अन्तिम समयसम्ममा १.२८ प्रतिशतको गिरावटसँगै १८२९ अंकमा आइपुगेको छ ।

परिसूचक निरन्तर घटेर बन्द हुँदा आज ३१ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि आएको छ । यस्तै २०१ कम्पनीको सेयर मूल्य घट्दा ५ कम्पनीको मूल्य भने स्थिर छ । यसक्रममा आज ९५ करोड ४ लाख ७९ हजार रुपैयाँ बराबरको ३६लाख ७५ हजार कित्ता सेयर किनबेच भएको छ ।

सेयर बजार घटेपनि आज मेन्छियान हाइड्रोपावरको सेयर मूल्य भने ८.१३ प्रतिशतले बढेको छ । यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ प्रतिशतले बढेको छ । परिसूचक घटेको दिन आज माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको सेयर मूल्यमा भने ९.९४ प्रतिशतको गिरावट आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप