आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

नेसपाको केन्द्रीय समिति बैठक बस्दै, माओवादीसँग एकताको निर्णय अनुमोदन हुने

बुधबार, ०६ मङ्सिर २०८०, १० : १६
बुधबार, ०६ मङ्सिर २०८०

काठमाडौँ । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक बस्दै छ । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र एकता समायोजन समिति बनाउने कार्यकारिणी समितिको निर्णय अनुमोदनका लागि बैठक बस्न लागेको हो । बिहान ११ बजे भक्तपुरको जडीबुटीमा बस्न लागिएको प्रवक्ता दुर्गा सोवले जानकारी दिइन् । 

‘बैठकले माओवादीसहित विभिन्न वामपन्थीसँग एकताको प्रस्ताव पारित गर्ने छ । यीबाहेक सङ्गठन सुदृढीकरण, विधान संशोधन लगायत विषयमा पनि छलफल हुनेछ’, उनले भनिन् । 

मङ्गलवार बसेको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय भएको थियो । यसअघि माओवादीसँग एकता गर्ने÷नगर्ने विषयमा अध्यक्ष द्वय डा बाबुराम भट्टराई र महिन्द्रराय यादवबिच मतभेद देखिँदा समस्या आएको थियो । यस्तै माओवादीसँग एकता गर्नका लागि नेसपाले भट्टराईको नेतृत्वमा पाँच सदस्य समिति बनाउने निर्णय गरेको छ । जसमा अर्का अध्यक्ष महिन्द्र, सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष सोव र महासचिव रमेश यादव रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप