नेसपाको केन्द्रीय समिति बैठक बस्दै, माओवादीसँग एकताको निर्णय अनुमोदन हुने
काठमाडौँ । बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को केन्द्रीय समिति बैठक बस्दै छ । माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र एकता समायोजन समिति बनाउने कार्यकारिणी समितिको निर्णय अनुमोदनका लागि बैठक बस्न लागेको हो । बिहान ११ बजे भक्तपुरको जडीबुटीमा बस्न लागिएको प्रवक्ता दुर्गा सोवले जानकारी दिइन् ।
‘बैठकले माओवादीसहित विभिन्न वामपन्थीसँग एकताको प्रस्ताव पारित गर्ने छ । यीबाहेक सङ्गठन सुदृढीकरण, विधान संशोधन लगायत विषयमा पनि छलफल हुनेछ’, उनले भनिन् ।
मङ्गलवार बसेको कार्यकारिणी बैठकले माओवादीसँग पार्टी एकता गर्ने सर्वसम्मत निर्णय भएको थियो । यसअघि माओवादीसँग एकता गर्ने÷नगर्ने विषयमा अध्यक्ष द्वय डा बाबुराम भट्टराई र महिन्द्रराय यादवबिच मतभेद देखिँदा समस्या आएको थियो । यस्तै माओवादीसँग एकता गर्नका लागि नेसपाले भट्टराईको नेतृत्वमा पाँच सदस्य समिति बनाउने निर्णय गरेको छ । जसमा अर्का अध्यक्ष महिन्द्र, सहअध्यक्ष गङ्गानारायण श्रेष्ठ, उपाध्यक्ष सोव र महासचिव रमेश यादव रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण