लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य
बुधबार, ०६ मङ्सिर २०८०, १० : ५३
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार दोस्रो दिन सुनको मूल्य बढेको छ । महासंघका अनुसार हिजो र आजगरी लगातार दोस्रो दिन सुनको मूल्य बढेको हो । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
महासंघले सुनको मूल्यमा हिजो मंगलबार र आज बुधबार लगातार ५०० रुपैयाँका दरले बढेको जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो । हिजो मंगलबार तोलामा १ लाख १६ हजार २०० रुपैयाँ थियो ।
सुनको मूल्य बढेको दिन चाँदीको पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । हिजो मंगलबार समेत चाँदीको कारोबार यही मूल्यमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण