मन्त्री चित्रकारद्वारा हेटौँडा सिमेन्ट उद्योगको अनुगमन
बुधबार, ०६ मङ्सिर २०८०, १३ : ३५
हेटौँडा । बागमती प्रदेशका उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले हेटौँडा सिमेन्ट उद्योगको अनुगमन गरेका छन् । मन्त्री चित्रकारले बुधवार आकस्मिक रूपमा उद्योगको अनुगमन गरेका हुन् ।

उनले कोइला अभावका कारण पटक पटक बन्द हुँदै आएको उक्त उद्योगको क्रसिङ, क्लिङ्कर, इन्जिनियरिङ र ल्याबको अनुगमन गरेका हुन् ।
उनले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक वसन्त पाण्डेसँग उद्योगको अवस्था र सञ्चालन गर्न सक्ने सम्भावनाका विषयमा चासो राखेका थिए। महाप्रबन्धक पाण्डेले हाल उद्योगको अवस्था र उत्पादन र बजारको अवस्था लगायतका विषयमा जानकारी गराएका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण