सामुदायिक वन उपभोक्ता समितिको रकम बाँडेर खाने ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिको हिसाब बाँडीचुँडी खाने तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका वडा नं. ४ स्थित धारापानी हिले सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रसिंह लामा, सचिव संगिता चौलागाई, कोषाध्यक्ष माधवप्रसाद चौलागाई विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेषमा मुद्दा दर्ता गर्दै उनीहरुविरुद्ध नौ लाख १३ हजार दुई सय ८० रुपैयाँ ९० पैसा बराबरको बिगो जरिवाना र कैद सजायको मागदावी लिएको छ । लामा र चौलागाईद्वयले समितिको हिसाब किताब नदेखाएको, साधारणसभा पनि नबसी आफू खुसी समूहको रकम खर्च गरी रकम हिनामिना गरेको आरोप छ ।
अख्तियारको अनुसन्धानमा तीन जनाले आपसी मिलोमतोमा संयुक्त दस्तखतबाट उपभोक्ता समूहको बैंकमा रहेको खाताबाट बदनियत राखी अनियमित रुपमा रकम झिक्न लगाएर नौ लाख १३ हजार दुई सय ८० रुपैयाँ ९० पैसा हिनामिना गरेको पाइएको छ । आयोगका प्रवक्ता भोला दाहालका अुनसार तीन जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको हुँदा बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण