शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक दलले गणतन्त्रको सबल पक्षलाई आत्मसात गर्न सकेनन् : कोइराला

बुधबार, ०६ मङ्सिर २०८०, २२ : ०२
बुधबार, ०६ मङ्सिर २०८०

सुन्दरहरैंचा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टी भित्रका चुनौती र द्वन्द्व अन्त्य गरेर लोकतान्त्रिक पद्धतिको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा आज आयोजित कांग्रेसको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक दलले गणतन्त्रको सबल पक्षलाई आत्मसात गर्न नसकेकामा चिन्ता व्यक्त गरे ।
सरकारले सुशासन कायम गर्न नसक्दा विकृतिले प्रश्रय पाएको उल्लेख गर्दै नेता कोइरालाले भ्रष्ट्राचारमुक्त समाज निर्माणका लागि सबैको सहयोग आवश्यक भएको बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार चलाउन कसैसँग सम्झौता नगर्ने उल्लेख गरे । सरकारले पार्टीको शिर ठाडो हुने गरी काम गर्ने उनले बताए ।

सम्मेलनमा जिल्लाभरका तीन हजार पाँचसय बढी प्रतिनिधिको सहभागिता रहको पार्टीका जिल्ला सचिव ललित श्रेष्ठले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप