राजनीतिक दलले गणतन्त्रको सबल पक्षलाई आत्मसात गर्न सकेनन् : कोइराला
सुन्दरहरैंचा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टी भित्रका चुनौती र द्वन्द्व अन्त्य गरेर लोकतान्त्रिक पद्धतिको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा आज आयोजित कांग्रेसको प्रथम जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता कोइरालाले राजनीतिक दलले गणतन्त्रको सबल पक्षलाई आत्मसात गर्न नसकेकामा चिन्ता व्यक्त गरे ।
सरकारले सुशासन कायम गर्न नसक्दा विकृतिले प्रश्रय पाएको उल्लेख गर्दै नेता कोइरालाले भ्रष्ट्राचारमुक्त समाज निर्माणका लागि सबैको सहयोग आवश्यक भएको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार चलाउन कसैसँग सम्झौता नगर्ने उल्लेख गरे । सरकारले पार्टीको शिर ठाडो हुने गरी काम गर्ने उनले बताए ।
सम्मेलनमा जिल्लाभरका तीन हजार पाँचसय बढी प्रतिनिधिको सहभागिता रहको पार्टीका जिल्ला सचिव ललित श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण