आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

विरोध प्रदर्शनमा घुसपैठ हुने खतरा छ, घुसपैठी भेटे नियन्त्रणमा लिन्छौँ : अध्यक्ष थेबे

बिहीबार, ०७ मङ्सिर २०८०, ०९ : ०३
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आज हुने युवा–विद्यार्थीले गर्ने प्रदर्शनमा २५,३० हजारको संख्यामा सहभागी हुने बताएका छन् । 

युवा संघले राखेको कार्यक्रम स्थल तीनकुनेमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थेवेले आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमका लागि उपत्यका बाहिरबाट कोही पनि मान्छे नल्याएको बताए । 

‘आज हामीले जनप्रदर्शन गरेका छैनौ,  आमसभा गरेका छैनौ, आज हामी राज्यको अकर्मण्यताविरुद्ध विरोध प्रदर्शन गर्दै छौ’, अध्यक्ष थेवेले भने,‘यो प्रदर्शन नेपाल र नेपाली जनताका लागि, राष्ट्र र राष्ट्रियताका लागि, सुशासन र सामाजिक न्यायका लागि, महँगी र मूल्यवृद्धि नियन्त्रणका लागि हो ।’

उनले सरकारलाई सही ट्याकमा ल्याउन युवा विद्यार्थीले विरोध प्रदर्शन गर्न लागेको बताए । कार्यक्रममा उपत्यकामा रहेका आफ्ना कार्यकर्ताहरू स्वतःस्फूर्त रूपमा सहभागी हुने उनको भनाइ छ । उनले २५,३० हजार मानिस कार्यक्रममा सहभागी हुने दाबी समेत गरे ।  

‘हामीले पटक पटक प्रशासनको ध्यानाकर्षण गराइसकेका छौ । हाम्रो आजको विरोध कार्यक्रममा पनि घुसपैठ हुने सम्भावना छ, हामी जिम्मेवार ढङ्गले प्रस्तुत हुनेछौ’, उनले भने,‘घुसपैठ भएको पाइएमा पक्रेर प्रशासनलाई बुझाउने छौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप