विरोध प्रदर्शनमा घुसपैठ हुने खतरा छ, घुसपैठी भेटे नियन्त्रणमा लिन्छौँ : अध्यक्ष थेबे
काठमाडौँ । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले आज हुने युवा–विद्यार्थीले गर्ने प्रदर्शनमा २५,३० हजारको संख्यामा सहभागी हुने बताएका छन् ।
युवा संघले राखेको कार्यक्रम स्थल तीनकुनेमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष थेवेले आफ्नो कार्यक्रम शान्तिपूर्ण हुने भन्दै कार्यक्रमका लागि उपत्यका बाहिरबाट कोही पनि मान्छे नल्याएको बताए ।
‘आज हामीले जनप्रदर्शन गरेका छैनौ, आमसभा गरेका छैनौ, आज हामी राज्यको अकर्मण्यताविरुद्ध विरोध प्रदर्शन गर्दै छौ’, अध्यक्ष थेवेले भने,‘यो प्रदर्शन नेपाल र नेपाली जनताका लागि, राष्ट्र र राष्ट्रियताका लागि, सुशासन र सामाजिक न्यायका लागि, महँगी र मूल्यवृद्धि नियन्त्रणका लागि हो ।’
उनले सरकारलाई सही ट्याकमा ल्याउन युवा विद्यार्थीले विरोध प्रदर्शन गर्न लागेको बताए । कार्यक्रममा उपत्यकामा रहेका आफ्ना कार्यकर्ताहरू स्वतःस्फूर्त रूपमा सहभागी हुने उनको भनाइ छ । उनले २५,३० हजार मानिस कार्यक्रममा सहभागी हुने दाबी समेत गरे ।
‘हामीले पटक पटक प्रशासनको ध्यानाकर्षण गराइसकेका छौ । हाम्रो आजको विरोध कार्यक्रममा पनि घुसपैठ हुने सम्भावना छ, हामी जिम्मेवार ढङ्गले प्रस्तुत हुनेछौ’, उनले भने,‘घुसपैठ भएको पाइएमा पक्रेर प्रशासनलाई बुझाउने छौ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सा प्रहरीले पनि हटाउन थाल्यो सवारी साधनको कालो सिसा
-
दयाहाङ र मिरूनाकाे ‘रातो घेरा’ मुहूर्त, अर्को सातादेखि छायाङ्कन
-
बुटवल–नारायणगढ सडकको सर्भिस लेनमा धमाधम कालोपत्रे, तस्बिरहरू
-
नागार्जुन क्षेत्रमा ४६ मिलिमिटर वर्षा, केही ठाउँ जलमग्न
-
नेपाल–चीन लगानी सम्मेलन सम्पन्न
-
पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण