इजरायल–हमास युद्ध : आजदेखि चार दिने युद्धविराम लागू हुने
तेल अभिभ । प्यालेस्टाइनको चरमपन्थी संगठन हमासले इजरायलसँगको चार दिने युद्धविराम स्थानीय समयअनुसार बिहीबार बिहान १० बजेदेखि लागू हुने जनाएको छ । सम्झौता अनुसार हमासले गाजाका ५० बन्धकहरूलाई र इजरायली जेलबाट १५० प्यालेस्टिनीलाई रिहा गर्ने छ । इजरायलले तीन सय प्यालेस्टिनी बन्दीहरूको सूची जारी गरेको छ जसमध्ये १२१ जना नाबालिग छन् ।
सम्झौतापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सबै बन्धकहरूलाई फिर्ता ल्याउन आफूहरु प्रतिबद्ध रहेको तर हाल ५० जना बन्धकहरूबारे सम्झौता भएको बताए । सम्झौतापछि आयोजित पत्रकार सम्मेलनमा नेतान्याहुले भने, ‘इजरायल–हमासले चार दिनका लागि युद्धमा अस्थायी रोक लगाउने सहमति गरेको छ ।
यस युद्धविरामको बदलामा हमासद्वारा बन्धक बनाएका ५० इजरायलीलाई रिहा गरिनेछ र १५० प्यालेस्टाइनीहरूलाई इजरायली जेलबाट रिहा गरिनेछ।’
टाइम्स अफ इजरायलका अनुसार उनले इजरायलमाथि हमास विरुद्धको युद्धको सन्दर्भमा धेरै अन्तर्राष्ट्रिय दबाब रहेको तर सबै इजरायली बन्धकहरूलाई फिर्ता नगरेसम्म र हमासको अन्त्य नभएसम्म गाजामा सैन्य कारबाही जारी रहने बताएका छन् ।
विश्वभरका शीर्ष नेताहरूले सम्झौताको स्वागत गरेका छन्, तर केही नेताहरूले अझ लामो अवधिको युद्धविरामको लागि आह्वान गरेका छन्। गाजामा बन्धक रहेका परिवारहरू प्रत्येक बन्धक घर फर्कनु पर्ने बताएका छन् ।
यसैबिच, इजरायली सेनाले केही भिडियो फुटेज साझा गरेको छ र जसमा उनीहरूले गाजामा हमासको ४०० सुरुङहरू ध्वस्त पारेको दाबी गरेका छन्।
बुधबार बिहान इजरायली सेनाले युद्धविरामको घोषणा गरेपछि मात्र गाजामा आफ्नो स्थल र हवाई कारबाही बन्द हुने पुष्टि गरेको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका सल्लाहकार मार्क रेगेभले पहिलो प्राथमिकता बन्धकमा परेका महिला र बालबालिकालाई रिहा गर्नु रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण