नेदरल्याण्डमा संसदीय निर्वाचन शुरु
नेदरल्याण्ड्सले बुधवार नयाँ संसद र निःवर्तमान प्रधानमन्त्री मार्क रुटेको प्रतिस्थापनका लागि राष्ट्रव्यापी मतदान शुरु गरेको छ । स्थानीय समय अनुसार बिहान ७ः३० बजे नेदरल्याण्ड्सका सबै ९ हजार मतदान केन्द्रहरूबाट २०२३ को संसदीय चुनावका लागि मतदान शुरु भएको हो ।
खण्डित डच राजनीतिक परिदृश्यमा कुल २६ दलहरू निर्वाचनमा सहभागी छन् । विगतका चार सरकारको नेतृत्व गरेका रुट्टेले बुधवार बिहान हेगमा अन्तिम पटक प्रधानमन्त्रीका रूपमा मतदान गर्नुभएको तियो ।
मार्च २०२१ मा भएको अघिल्लो चुनावमा रुट्टेको पिपुल्स पार्टी फर फ्रिडम एण्ड डेमोक्रेसी (भीभीडी) ले १५० सिट मध्ये ३४ सिट जितेको थियो । १८ वर्ष र माथिका बासिन्दाहरूलाई मतदान गर्न अनुमति दिइएको छ । जुन अनुमानित १३.३ मिलियन योग्य मतदाताहरू हुन् ।
सन् २०२३ को डच संसदीय चुनावको आधिकारिक नतिजा डिसेम्बर १ मा घोषणा हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण