चार महिनामा ५ खर्बको आयात, ५० अर्बको निर्यात
बिहीबार, ०७ मङ्सिर २०८०, १२ : ५०
काठमाडौँ । चालू आर्थिक वर्ष २०८०-८१ को चार महिनाको अवधिमा नेपालमा ५ खर्ब १२ अर्ब रुपैयाँको आयात भएको छ । चालू आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको हो ।
यस्तै, यस अवधिमा ५० अर्ब ५६ करोड रुपैयाँको निर्यात भएको छ । जबकि, गत आर्थिक वर्षको यही अवधिमा नेपालबाट ५४ अर्ब रुपैयाँको निर्यात भएको थियो । यस्तै, गत आर्थिक वर्षको चार महिनामा ५ खर्ब ३२ अर्ब रुपैयाँको आयात भएको थियो ।
यस अवधिमा नेपालको व्यापार घाटा ४ खर्ब ६१ अर्ब रुपैयाँ छ । गत आर्थिक वर्षको कात्तिकसम्ममा ४ खर्ब ७७ अर्ब रुपैयाँ व्यापार घाटा भएको थियो । यसैगरी, कात्तिक महिनासम्मको अवधिमा ५ खर्ब ६३ अर्ब रुपैयाँको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा ५ खर्ब ८७ अर्ब रुपैयाँ व्यापार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण