सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
दुर्गा प्रसाईंको आन्दोलन

बल्खुमा दुर्गा प्रसाईंका समर्थक र प्रहरीबिच झडप, अश्रुग्यास र पानीको फोहरा प्रहार

बिहीबार, ०७ मङ्सिर २०८०, १४ : १५
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईंको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियान’का प्रदर्शनकारीबिच झडप भएको छ । झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ ।

balkhu jhadap (3)

प्रसाईंलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिए पनि उनीहरू कालिमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले उनीहरूलाई रोकेको थियो । प्रहरीले रोकेपछि त्यहाँ झडप सुरु भएको थियो । प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ ।

balkhu jhadap (1)

प्रदर्शनकारीलाई प्रहरीले बल्खुमा नै रोकेको छ । कालिमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो पनि प्रहरीले खोसेको छ । यता प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरिरहेका छन् ।

यसअघि सोही स्थानमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।

यो पनि

balkhu jhadap (1)balkhu jhadap (2)balkhu jhadap (3)balkhu jhadap (4)balkhu jhadap (5)balkhu jhadap (6)balkhu jhadap (7)balkhu jhadap (8)balkhu jhadap (9)balkhu jhadap (10)balkhu jhadap (11)balkhu jhadap (12)balkhu jhadap (13)balkhu jhadap (14)balkhu jhadap (15)

balkhu jhadap (2)balkhu jhadap (4)balkhu jhadap (5)balkhu jhadap (6)balkhu jhadap (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप