उपप्राध्यापक चलाउनेको मुद्दामा सुनुवाइ सकियो
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा सुनुवाई सकिएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा परेको उक्त मुद्दा बुधबार सुनुवाइ नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
बुधबारको पेसीमा वादी नेपाल सरकारका तर्फबाट सहन्यायाधीशवक्ता दिनेश श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता श्रीराम खनाल र सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद सञ्जेल तथा कानुन व्यवसायीबाट ओमप्रकाश अर्याल, डा।सुरेन्द्र भण्डारी, श्रीकान्त बराल, पुनदेवी महर्जन, चन्द्रप्रसाद भुसाल, यासुव घिमिरे, शिवप्रसाद श्रेष्ठले बहस गरेका थिए ।
त्यस्तै प्रतिवादीहरुका तर्फबाट शेरबहादुर केसी, उज्जलराम घिमिरे, योगेन्द्रबहादुर अधिकारी, राजकुमार उप्रेतीले बहस गरेका थिए । बिहीबार पनि प्रतिवादीका तर्फबाट बहस गरी वादी नेपाल सरकार र निवेदकका तर्फबाट समेत जवाफी बहस भएको थियो ।
बिहीबार अपरान्ह सुनुवाइ सकिएपछि अब फैसला सुनाउने तयारी भएको छ । बिहीबार साँझसम्ममा फैसला सुनाउने र संक्षिप्त आदेश दिने तयारी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबिच किन भइरहेको छ लडाइँ ?
-
बाघसँग ठोक्किँदा मोटरसाइकल चालक घाइते
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण