शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रोफेसर कुटपिट प्रकरण

उपप्राध्यापक चलाउनेको मुद्दामा सुनुवाइ सकियो

बिहीबार, ०७ मङ्सिर २०८०, १४ : ३९
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दामा सुनुवाई सकिएको छ । बुधबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विनोद खतिवडाको इजलासमा परेको उक्त मुद्दा बुधबार सुनुवाइ नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

बुधबारको पेसीमा वादी नेपाल सरकारका तर्फबाट सहन्यायाधीशवक्ता दिनेश श्रेष्ठ, जिल्ला न्यायाधिवक्ता श्रीराम खनाल र सहायक जिल्ला न्यायाधिवक्ता चन्द्रप्रसाद सञ्जेल तथा कानुन व्यवसायीबाट ओमप्रकाश अर्याल, डा।सुरेन्द्र भण्डारी, श्रीकान्त बराल, पुनदेवी महर्जन, चन्द्रप्रसाद भुसाल, यासुव घिमिरे, शिवप्रसाद श्रेष्ठले बहस गरेका थिए । 

त्यस्तै प्रतिवादीहरुका तर्फबाट शेरबहादुर केसी, उज्जलराम घिमिरे, योगेन्द्रबहादुर अधिकारी, राजकुमार उप्रेतीले बहस गरेका थिए । बिहीबार पनि प्रतिवादीका तर्फबाट बहस गरी वादी नेपाल सरकार र निवेदकका तर्फबाट समेत जवाफी बहस भएको थियो । 

बिहीबार अपरान्ह सुनुवाइ सकिएपछि अब फैसला सुनाउने तयारी भएको छ । बिहीबार साँझसम्ममा फैसला सुनाउने र संक्षिप्त आदेश दिने तयारी भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप