९ अंकले बढेर सेयर बजार बन्द, १ अर्ब ३४ करोडको कारोबार
काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से सूचक ९ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन २० अंकमाथिले बढेको नेप्से सूचक बिहीबार थप ९.८७ अंकले बढ्दै १८ सय ६०.२० अंकमा उक्लिएको हो ।
आज बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । जीवन बीमा समूहको उपसूचक आज सबैभन्दा उच्च ३.३७ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूहको उपसूचक १.८६ प्रतिशतले बढेको छ ।
यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.७५ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक १.१४ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.०९ प्रतिशतले बढेको छ । बाँकी अरु समूहको उपसूचक १ प्रतिशत कमले बढेका छन् ।
यता बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक भने क्रमशः ०.७२ प्रतिशतले, ०.२८ प्रतिशतले र ०.१० प्रतिशतले घट्न पुगेका छन् ।
झण्डै १० अंकले नेप्से बढेको यस दिन १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको ४४ लाख २० कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन २०.६७ अंकले नेप्से बढेको बजारमा १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको ४२ लाख १३ हजार कित्ता सेयर किनबेच भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण