एक महिनामै ३ लाखले बढे मोबाइल बैंकिङ प्रयोगकर्ता, २ अर्ब ७७ करोडको कारोबार
काठमाडौँ । पछिल्लो महिना ३ लाख २६ हजार ९३० ले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या थपिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार असोज मसान्तसम्ममा कूल मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको सङ्ख्या २ करोड २२ लाख ८४ हजार ६२२ पुगेको हो ।
जबकि गत भदौ मसान्तसम्ममा यस्तो सङ्ख्या २ करोड १९ लाख ५७ हजार ६९२ रहेको थियो । समीक्षा महिनामा मोबाइल बैङ्किङमार्फत २ अर्ब ७७ करोड ८२ लाख ४० हजार रुपैयाँ ट्रान्जेक्सन (कारोबार) भएको छ ।
यस्तै, २ करोड २ लाख ७६ हजार १६१ वालेट प्रयोगकर्ताहरूमार्फत २२ करोड ७९ लाख ६० हजार रुपैयाँ कारोबार भएकोमा सोही अवधिमा १६ लाख २५ हजार इन्टरनेट प्रयोगकर्तामार्फत ११ करोड ८० लाख ८० हजार रुपैयाँ बराबरको भुक्तानी कारोबार भएको केन्द्रीय बैंकले जनाएको छ ।
समीक्षा अवधिमा कनेक्ट आईपीएसमार्फत ४ अर्ब ७७ करोड ९१ लाख १० हजार रुपैयाँ, आरटीजीएस प्रणालीमार्फत २७ अर्ब ५९ करोड ७९ लाख २० हजार रुपैयाँ र आईपीएसमार्फत २ अर्ब २७ करोड ७५ लाख ४० हजार रुपैयाँ कारोबार भएको बैंकले जनाएको छ ।
यता डेबिट/क्रेडिट कार्डमार्फत समीक्षा अवधिमा क्रमशः १ अर्ब ११ लाख पैयाँ र १ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किसोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण