राजसंस्थाको पक्षमा भएको प्रदर्शनलाई अवमूल्यन नगरौँ : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भएको प्रदर्शन एवम् जनआवाजलाई अवमूल्यन नगर्न सरकारसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सरकारसँग सो आग्रह गरेका हुन् ।
उनले भनेका छन् : ‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दु राष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर आज राजधानी काठमाडौँमा भएको प्रदर्शन एवम् जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु ।’
उनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको उच्च सम्मान समेत गर्ने बताएका छन् । साथै जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न समेत अध्यक्ष थापाले सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् ।
उनले प्रदर्शनका क्रममा घाइते भएकाहरुको शीर्घ स्वास्थ्य लाभको कामना समेत गरेका छन् । त्यस्तै आगामी दिनमा सर्वसाधारणलाई कठिनाई नहुनेगरी प्रदर्शन सञ्चालन गर्न समेत आयोजकहरुसँग अनुरोध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण