राजसंस्थाको पक्षमा भएको प्रदर्शनलाई अवमूल्यन नगरौँ : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भएको प्रदर्शन एवम् जनआवाजलाई अवमूल्यन नगर्न सरकारसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले सरकारसँग सो आग्रह गरेका हुन् ।
उनले भनेका छन् : ‘संघीय गणतन्त्रको नाउँमा कायम भ्रष्ट व्यवस्थाको अन्त्य, राजसंस्था र हिन्दु राष्ट्रको स्थापना तथा संघीयताको खारेजीको माग राखेर आज राजधानी काठमाडौँमा भएको प्रदर्शन एवम् जनआवाजलाई अवमूल्यन नगर्न, उपेक्षा नगर्न र दमन नगर्न सरकारसँग आग्रह गर्दछु ।’
उनले राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा देखिएको जनलहरको उच्च सम्मान समेत गर्ने बताएका छन् । साथै जनताको आवाज र भावनाको सम्मान गर्दै सर्वपक्षीय सहमतिको आधारमा राजासहितको प्रजातन्त्र तथा सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने पहलकदमी सुरु गर्न समेत अध्यक्ष थापाले सरकार र प्रमुख राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् ।
उनले प्रदर्शनका क्रममा घाइते भएकाहरुको शीर्घ स्वास्थ्य लाभको कामना समेत गरेका छन् । त्यस्तै आगामी दिनमा सर्वसाधारणलाई कठिनाई नहुनेगरी प्रदर्शन सञ्चालन गर्न समेत आयोजकहरुसँग अनुरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी