मेस्सीसँगको विवादपछि आफूमाथि रङ्गभेदी दुर्व्यवहार भएको ब्राजिलियन स्ट्राइकरको गुनासो
काठमाडौँ । ब्राजिलियन स्ट्राइकर रोड्रिगोले आफूमाथि सामाजिक सञ्जालमार्फत रङ्गभेदी दुर्व्यवहार भएको गुनासो गरेका छन् । उनले विश्वकप छनोटअन्तर्गत अर्जेन्टिनाविरुद्धको खेलपछि सामाजिक सञ्जालमार्फत आफूलाई रङ्गभेदी दुर्व्यवहार गरिएको आरोप लगाएका हुन् ।
विश्वकप छनोट खेलका क्रममा अर्जेन्टिनी स्टार लियोनल मेस्सी र ब्राजिलियन स्ट्राइकर रोड्रिगोबिच मैदानमै बादबिवाद भएको थियो । विश्वकप छनोटको उक्त खेल रियो दि जेनेरियोमा खेलिएको थियो । अर्जेन्टिनाका समर्थक प्रहरीबिच भएको झडपका कारण खेल निर्धारित समयभन्दा ३० मिनेट ढिलो सुरु भएको थियो ।
सोही क्रममा मेस्सी र रोड्रिगोबिच पनि भनाभन भएको थियो । त्यो खेलपछि आफूलाई सामाजिक सञ्जालमा ‘बाँदर र केरा’ भनेर दुर्व्यवहार गरिएको गुनासो रोड्रिगोले गरेका छन् । ‘सामाजिक सञ्जालको मेरो अकाउन्टमा पनि बाँदर र केरा भनेर रङ्गभेदी दुर्व्यवहार भएको छ,’ सामाजिक सञ्जाल इन्स्टाग्राममा रोड्रिगोले भनेका छन् ।
उनले खेलाडीको भावनामाथि चोट पुर्याउने कार्य बन्द गर्न पनि फुटबल समर्थकसँग अनुरोध गरेका छन् । ‘समर्थकले चाहेजस्तो हामीले गरेनौँ । समर्थकले सोचेजस्तै हामीले सोचेनौँ । हामी खेलाडीले केही फरक गर्न खोज्यौँ भने समर्थकहरु जातिय र रङ्गभेदी दूब्र्यवहारमा ओर्लन्छन् । मेरो विचारमा यो गम्भिर अपराध हो,’ उनले भनेका छन् । विश्वकप छनोटको उक्त खेलमा अर्जेन्टिनाले ब्राजिललाई १—० गोलले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण