मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बेन स्टोक्सले आईपीएल नखेल्ने

शुक्रबार, ०८ मङ्सिर २०८०, ११ : २८
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले सन् २०२४ को इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट नखेल्ने भएका छन् । लगातारको प्रतियोगिताका कारण थकित भएकाले उनले आगामी आईपीएल नखेल्ने निणर्य लिएका हुन् । 

स्टोक्स इङ्ल्यान्डको टेस्ट टोलीका कप्तान पनि हुन् । ३२ वर्षीय स्टोक्सले यस विषयमा आफू आबद्ध रहेको आईपीएल क्लब चेन्नइ सुपर किङ्सलाई पनि जानकारी गराइसकेको बताएका छन् । ‘लगातारको प्रतियोगिता र थकानका कारण स्टोक्सले आगामी आईपीएल नखेल्ने निणर्य लिएका हुन् । हामी उनको यो निणर्यको सम्मान गर्छौँ,’ चेन्नइ सुपर किङ्सको ब्यवस्थापनले भनेको छ । 

आईपीएल सुरु हुनुअघि इङ्ल्यान्डले भारतसँग पाँचवटा टेस्टको शृंखला खेल्ने कार्यक्रम रहेको छ । त्यसलगत्तै इङ्ल्यान्डको टोली जुनमा आयोजना हुने टी—२० विश्वकपमा सहभागी हुनेछ । आगामी आईपीएलमा सहभागी हुने टोलीले आइतबारभित्र खेलाडीहरुको विषयमा निणर्य लिइसक्नु पर्ने हुन्छ ।

स्टोक्सले यसअघि नै इङ्ल्यान्डको एकदिवसीय टोलीबाट सन्न्यास लिएका थिए । तर, हालै सम्पन्न आईसीसी एकदिवसीय विश्वकप खेल्न आफ्नो सन्न्यास फिर्ता लिएर उनी इङ्ल्यान्डको टोलीमा फर्किएका थिए । इङ्ल्यान्डको टोली भारतमा सम्पन्न एकदिवसीय विश्वकपको पहिलो चरणबाटै घर फर्किएको थियो ।

स्टोक्सले हालै सम्पन्न विश्वकपमा तीनपटक ५० भन्दा बढी रन बनाएका थिए । नेदरल्यान्ड्सविरुद्धको खेलमा उनले सतक पनि बनाएका थिए । आईपीएलको अघिल्लो संस्करणमा चेन्नइ सुपर किङ्सले स्टोक्सलाई १६ करोड २५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप