जुवातास खेल्दै गरेका २६ जना पक्राउ
काठमाडौँ । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले झापा, लमजुङ र काभ्रेबाट २६ जनालाई पक्राउ गरेको छ । झापाबाट ११ जना, लमजुङबाट ११ जना र काभ्रेबाट ४ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा झापा दमक नगरपालिका–७ हाटखोला बस्ने ४१ वर्षीय कर्णबहादुर राई समेत ११ जना छन् । राईको घरमा जुवा खेलेको सुराक पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले त्यहाँबाट ३ लाख ५३ हजार ६ सय रूपैयाँसहित नगद र २ बुक तास बरामद गरिएको हो ।
लमजुङबाट पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–६ खत्रिठाटी बस्ने ४३ वर्षीय शुभाष श्रेष्ठ समेत ११ जना रहेका छन् । प्रहरीले जुवा खालबाट १ लाख २४ हजार २ सय ९५ रूपैयाँ नगद र ६ बुक तास बरामद गरेको छ ।
काभ्रेको भुम्लु गाउँपालिका–७ बस्ने ३९ वर्षीय भरत गिरी समेत ४ जना जुवातास खेल्दा खेल्दै पक्राउ परेका छन् । भुम्लु गाउँपालिका–८ भुम्लुटारस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लुबाट खटिएको प्रहरीले नगद ७९ हजार ४ सय ७५ रूपैयाँ र १ सेट कौडासहित उनीहरूलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण