शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

जुवातास खेल्दै गरेका २६ जना पक्राउ

शुक्रबार, ०८ मङ्सिर २०८०, १२ : ०५
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले झापा, लमजुङ र काभ्रेबाट २६ जनालाई पक्राउ गरेको छ । झापाबाट ११ जना, लमजुङबाट ११ जना र काभ्रेबाट ४ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा झापा दमक नगरपालिका–७ हाटखोला बस्ने ४१ वर्षीय कर्णबहादुर राई समेत ११ जना छन् । राईको घरमा जुवा खेलेको सुराक पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले त्यहाँबाट ३ लाख ५३ हजार ६ सय रूपैयाँसहित नगद र २ बुक तास बरामद गरिएको हो ।

लमजुङबाट पक्राउ पर्नेमा सुन्दरबजार नगरपालिका–६ खत्रिठाटी बस्ने ४३ वर्षीय शुभाष श्रेष्ठ समेत ११ जना रहेका छन् । प्रहरीले जुवा खालबाट १ लाख २४ हजार २ सय ९५ रूपैयाँ नगद र ६ बुक तास बरामद गरेको छ ।

काभ्रेको भुम्लु गाउँपालिका–७ बस्ने ३९ वर्षीय भरत गिरी समेत ४ जना जुवातास खेल्दा खेल्दै पक्राउ परेका छन् । भुम्लु गाउँपालिका–८ भुम्लुटारस्थित खाली घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरी चौकी दोलालघाट र प्रहरी चौकी सल्ले भुम्लुबाट खटिएको प्रहरीले नगद ७९ हजार ४ सय ७५ रूपैयाँ र १ सेट कौडासहित उनीहरूलाई पक्राउ गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप