तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध मुद्दा चल्ने
_Auaoz7XBFb.jpg)
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन आएको आरोपमा काठमाडौँको तीनकुनेमा प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्तिहरू रिहा भएका छन् । प्रदर्शन स्थलबाट शुक्रवार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले रातोपाटीलाई बताए ।
पूर्व राजाका समर्थक ५ जनालाई चाहिँ प्रहरीले मुद्दा चलाउने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनमा खटिएका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जनाविरुद्ध मुद्दा चल्ने एसपी ढुङ्गेलले जानकारी दिए ।
खड्कासहित मुनेन्द्र राजभण्डारी, अनुपविक्रम शाही, सतिश न्यौपाने र आवास खड्कालाई प्रहरीले मुद्दा लगाउने निर्णय गरेको छ । उनीहरू प्रसाईं नेतृत्वको समूहको एटिएफ (एनि टाईम फोर्स)मा आबद्ध भएको आरोप छ । खड्का शुक्रवार बिहान काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत बालाजुमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाका रैथाने जङ्गली हात्तीको नामकरण
-
आन्दोलनका घाइतेको निःशुल्क उपचार गर्ने सहमतिका बाबजुद शिक्षकहरू चन्दा मागेर उपचार गर्दै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
नेपाल अमेरिकी पत्रकार संघको अध्यक्षमा भण्डारी
-
बुद्ध जयन्ती केवल सांस्कृतिक उत्सव मात्र नभई शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड
-
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा