तीनकुनेबाट पक्राउ गरिएका २६१ जना रिहा, ५ जनाविरुद्ध मुद्दा चल्ने
काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन आएको आरोपमा काठमाडौँको तीनकुनेमा प्रहरीले पक्राउ गरेका अधिकांश व्यक्तिहरू रिहा भएका छन् । प्रदर्शन स्थलबाट शुक्रवार पक्राउ गरिएका मध्ये २६१ जनालाई छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) कुमोध ढुङ्गेलले रातोपाटीलाई बताए ।
पूर्व राजाका समर्थक ५ जनालाई चाहिँ प्रहरीले मुद्दा चलाउने भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनमा खटिएका शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्का सहित ५ जनाविरुद्ध मुद्दा चल्ने एसपी ढुङ्गेलले जानकारी दिए ।
खड्कासहित मुनेन्द्र राजभण्डारी, अनुपविक्रम शाही, सतिश न्यौपाने र आवास खड्कालाई प्रहरीले मुद्दा लगाउने निर्णय गरेको छ । उनीहरू प्रसाईं नेतृत्वको समूहको एटिएफ (एनि टाईम फोर्स)मा आबद्ध भएको आरोप छ । खड्का शुक्रवार बिहान काठमाडौँको फुटुङबाट पक्राउ परेका हुन् । उनलाई प्रहरी वृत बालाजुमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण