धनुषामा लागु औषधसहित एकजना पक्राउ
शुक्रबार, ०८ मङ्सिर २०८०, २२ : १४
जनकपुरधाम । धनुषामा लागु औषधसहित एकजना पक्राउ परेका छन् । प्रहरीले बिहीबार धनुषाको नगराइन नगरपालिका २ जटही चेक पोस्ट अगाडिबाट एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ बस्ने ज्ञानबहादुर सोराङ्गी मगरको छोरा अन्दाजी वर्ष ३० को शंकर सोराङ्गी मगर रहेको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ लुकाइछिपाई ल्याइरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ५ सय ४० पिस लागु औषध नाइट्रोभेट–१० बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
शङ्का लाग्दा चेकजाँच गर्दा सोरांगीको साथबाट उक्त लागु औषध बरामद गरेको छ । पक्राउ परेको उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण