बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा लागु औषधसहित एकजना पक्राउ

शुक्रबार, ०८ मङ्सिर २०८०, २२ : १४
शुक्रबार, ०८ मङ्सिर २०८०

जनकपुरधाम । धनुषामा लागु औषधसहित एकजना पक्राउ परेका छन् । प्रहरीले बिहीबार धनुषाको नगराइन नगरपालिका २ जटही चेक पोस्ट अगाडिबाट एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको धनुषाधाम नगरपालिका ९ बस्ने ज्ञानबहादुर सोराङ्गी मगरको छोरा अन्दाजी वर्ष ३० को शंकर सोराङ्गी मगर रहेको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ लुकाइछिपाई ल्याइरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा उनको साथबाट ५ सय ४० पिस लागु औषध नाइट्रोभेट–१० बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

शङ्का लाग्दा चेकजाँच गर्दा सोरांगीको साथबाट उक्त लागु औषध बरामद गरेको छ । पक्राउ परेको उनलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप