पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना : तीन जनाको मृत्यु, १२ जना गम्भीर
शनिबार, ०९ मङ्सिर २०८०, १६ : ०२
विराटनगर । उदयपुरमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ३७ जना घाइतेका छन् । पिकनिक खाएर फर्कँदै गरेको स्कुल बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्य २५ जनाको गाइघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको उदयपुर प्रहरीले जनाएको छ ।
उदयपुरगढी गाउँपालिका–७ अधेरी झर्ना नजिकै दुर्घटना हुँदा बस चालक त्रियुगा नगरपालिका ५ का चालक ४० वर्षीय भिखन चौधरी, त्रियुगा–६ का ७ वर्षीया सम्या चौधरी र ११ वर्षीय विकाश चौधरीको मृत्यु भएको हो ।
त्रियुगा नगरपालिका ५ देउरीमा रहेको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको प्र–०५–००१ ख ००४४ नम्बरको बस दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्कुल बस चालकले गाउँको पिकनिकका लागि भाडामा लगेको खुलेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण