सलमानको आगामी फिल्म करण जोहरले निर्माण गर्ने
मुम्बई । सलमान खानको आगामी फिल्म ‘द बुल’ करण जोहरको प्रोडक्सन हाउसको ब्यानरमा बन्ने भएको छ । यस फिल्मलाई निर्देशक विष्णु वर्धनले निर्देशन गर्नेछन् ।
यो दोस्रो पटक हो जब सलमान र करण सँगै काम गर्दैछन्। यसअघि सलमान आफ्नो फिल्म ‘कुछ कुछ होता है’ मा देखिएका थिए । यद्यपि यो फिल्ममा उनको स्क्रिन टाइम कम थियो ।
आगामी प्रोजेक्टमा किक २ र दबंग ४ को नाम पनि समावेश गरिएको छ । निर्देशक सुरज बडजात्याको पारिवारिक मनोरञ्जनात्मक फिल्ममा पनि सलमान देखिनेछन् ।
द बुल फिल्ममा सलमान अर्धसैनिक अफिसरको भूमिकामा देखिनेछन्, जसको तयारीका लागि उनले तौल घटाउन थालेका छन् । फिल्मको पहिलो शेड्युलको छायांकन नोभेम्बरको अन्तिममा सुरु हुनसक्छ । यो कुरा सलमान आफैले एक अन्तर्वार्तामा खुलासा गरेका छन् ।
फिल्म शेरशाह निर्देशक विष्णु वर्धनको पहिलो निर्देशित फिल्म थियो। यही फिल्मका लागि उनी यस वर्षको राष्ट्रिय अवार्डको स्पेशल ज्युरी अवार्डबाट सम्मानित भए । अवार्ड पाएपछि विष्णु वर्धनले पीटीआईसँगको कुराकानीमा आफू करण जोहरसँग आफ्नो अर्को प्रोजेक्टमा काम गरिरहेको पुष्टि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण