ब्यस्त खेल तालिकाले खेलाडीहरु दबाबमा परेको प्रशिक्षक एरिकको गुनासो
काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले अत्यन्तै ब्यस्त खेल तालिकाका कारण खेलाडीहरु दबाबमा परेको गुनासो गरेका छन् । निकै ब्यस्त खेल तालिकाका कारण खेलाडीले स्वभाविक प्रदर्शन गर्न नसकेको धारणा पनि उनले ब्यक्त गरेका छन् ।
‘ब्यस्त खेल तालिकाको प्रभाव खेलाडीको प्रदर्शनमा परिरहेको छ । खेलाडीको क्षमतालाई ध्यानमा राखेर तालिका बनाउनु पर्छ,’ उनले भनेका छन् । म्यानचेस्टर युनाइटेडले ६ दिनको अवधिमा तीनवटा ‘अवे’ खेल खेल्नुपर्ने अवस्था छ ।
म्यानचेस्टर युनाइटेडले आइतबार इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग ‘अवे’ खेल खेल्दैछ । त्यसलगत्तै बुधबार च्याम्पियन्स लिगमा टर्किस क्लब गालातसारेसँग ‘अवे’ खेल खेल्दैछ । त्यसपछि शनिबार म्यानचेस्टर युनाइटेडले न्युक्यासलसँग प्रतिस्पर्धा गर्नेछ ।
त्यसपछि पनि म्यानचेस्टर युनाइटेडले २०२४—२५ सिजनको च्याम्पियन्स लिगका लागि समूहगत चरणको दुईवटा खेल खेल्ने तालिका रहेको छ । ‘खेल तालिका अत्यन्तै ब्यस्त भयो भनेर हरेक क्लबका प्रशिक्षकले गुनासो गरिरहेका छन् । यसतर्फ ध्यान जानु आवश्यक छ,’ प्रशिक्षक एरिक भन्छन् ।
यसअघि जर्मन क्लब बायर्न म्युनिखका प्रशिक्षक थोमस टुचेलले पनि खेल तालिका निकै ब्यस्त भएको भन्दै गुनासो गरेका थिए । ‘मैले प्रशिक्षक थोमस टुचेलको प्रतिक्रिया पनि सुनेको छु । अन्य प्रशिक्षकको गुनासो पनि सुनिरहेको छु । तर, तालिकामा अझ बढी खेल थप्नेक्रम भने रोकिएको छैन,’ म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण